गठबन्धन टिकाउन राज्यको सम्पत्ति दुरुपयोगः कँडेल

पुस २८, सुर्खेत
कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ । बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालझ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन् ।
राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिँडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए ।
‘यहाँ मान्छे र गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको दृष्य देखिन्छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले हिम्मतका साथ थोरै तीन मन्त्रालय मात्रै बनाएर सरकार चलाउनु भएको छ’ उनले भने, ‘यस्तै, गरी सरकार चलाइराख्नु शुभकामना छ । थोरै मन्त्री भए कमसेकम पैसा त बच्छ ।’
कर्णाली सरकारले डल्लो बजेटका नाममा एउटै जिल्लामा दुई सय वटासम्म टुक्रे योजना पारेर विकासका नाममा भ्रष्टाचार बढाएको कँडेलले तर्क गरे । चार–पाँच लाखका टुक्रे योजना बनाएर समाजभन्दा घरमुखि बनाइएको उनले दाबी गरे ।
‘त्यस्ता व्यक्तिमुखी योजना प्रदेशभर के कति छन ? जानकारी चाहियो । नियमित काम गर्नुपर्ने योजनाको बजेट कटौती गरेर सरकारले भ्रणपोषणका योजनालाई प्राथमिकता दिएको छ’ उनले भने, ‘सरकार अभिलेखमा छ । व्यवहारमा छैन । व्यवहारमा आए एमालेको पनि साथ छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार